अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

कोपा अमेरिका फुटवल– जापानले इक्वेडरसँग बराबरी खेल्यो

बिआरटीनेपाल २०७६ असार १० गते ९:४१ मा प्रकाशित

कोपा अमेरिका २०१९ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । जापानले इक्वेडरसँग बराबरी र उरुग्वेले चिलीलाई पराजित गरेसँगै क्वार्टरफाइनलमा भिड्ने टोलीको छिनोफानो पनि भएको हो ।
मंगलबार बिहान भएको खेलमा जापानले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेपछि तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट दुई टोलीका रूपमा पेरु र पाराग्वेले अन्तिम आठमा स्थान बनाएका हुन् ।

बराबरीसँगै जापानले पाराग्वेसँगै समान २ अंक जोडे पनि गोल अन्तरमा पछि पर्दै समूह चरणबाटै बाहिरिएको हो। त्यसैगरी चिलीलाई १–० ले हराउँदै उरुग्वे समूह सीको विजेता बनेको छ ।

समूह ‘ए’ बाट ब्राजिल विजेता र भेनेजुएला उपविजेता बन्दा ४ अंक जोडेको पेरु तेस्रो स्थानमा रहेको छ । समूह ‘बी’ बाट कोलोम्बिया पहिलो र अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहेको छ । समूह ‘सी मा उरुग्वे शीर्षस्थानमा रहँदा चिली दोस्रो स्थानमा रहन सफल भएको छ ।

प्रतिक्रिया