अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

आईएसका हजारौं लडाकुलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न राष्ट्रसंघको माग

बिआरटीनेपाल २०७६ असार १० गते ९:४० मा प्रकाशित

संयुक्त राष्ट्र संघले इराक र सिरियामा बन्दीका रुपमा रहेका इस्लामिक संगठन आईएसका हजारौं लडाकुलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न माग गरेको छ । संयुक्त राष्ट्र संघका मानव अधिकार मामिला प्रमुख मिचेलले बाचेलेटले विश्वका सम्बन्धित राष्ट्रहरुको ध्यानाकर्षण गराउँदै अभियोग नलगाइका लडाकुको रिहाइ गर्न माग गर्नुभएको छ ।

अभियोग लागेकामाथि निष्पक्ष ढंगले छानबिन गरिनुपर्ने भन्दै मिचेलले कसैलाई पनि लामो समयसम्म हिरासतमा राख्न नहुने बताउनुभयो । इराक र सिरियामा रहेका हजारौंलाई सम्बन्धित मुलुकले आफ्नो जिम्मा लिनुपर्ने बाचेलेटको भनाई छ ।

हजारौं विदेशीसहित ५५ हजार व्यक्ति इराक र सिरियामा हिरासतमा रहेका छन् । तर सम्बन्धित मुलुकका अधिकारीहरुले भने आफ्ना नागरिकलाई समेत फिर्ता लान चाहेका छैनन् । आईएसमा आबद्ध भएका व्यक्तिलाई जिम्मा लिएर स्वदेश फर्काउँदा खतरा आउन सक्ने ती मुलुकहरुको बिश्लेषण रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू