अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

मुलुकको सम्वृद्धिको लागि नेकपा नेतृत्वको विकल्प छैन– अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ असार १० गते ९:३८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको सम्वृद्धिको लागि नेकपाको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनमा आवद्ध तरुण दलका १३५ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सबै युवाहरु नेकपामा गोलबद्ध भएमात्रै मुलुकले सोचेको समृद्धि प्राप्त हुने दावी गर्नुभयो ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल निवासमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवालाई देश जिम्मा लगाएर आफूहरु राजनीतिबाट विश्राम लिने बताउनुभयो ।सो अवसरमा कांग्रेसका १३५ कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीका नवप्रवेशी सदस्यहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोख्रेल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू