अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

विप्लव नेकपाको बन्दका कारण देशभरको जनजीवन प्रभावित, ५५ ठाउँमा विस्फोट, आगजनी र तोडफोड

बिआरटीनेपाल २०७६ असार १० गते ९:३२ मा प्रकाशित

नेकपा नेत्रविक्रम चन्द समूहले मंगलवार आहृवान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित वनेको छ । आफ्नो पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द आह्वान गरेको हो ।

बन्दकर्ता सडकमा नदेखिए पनि पोखरा, चितवन, काठमाडौं, पाल्पा, बुटवल लगायतका प्रमुख सहर सुनसान बनेका थिए । निजी सवारी र मोटरसाइकल फाट्टफुट्ट चले पनि सार्वजनिक यातायात चल्न नसक्दा यात्रुलाई गन्तब्यसम्म पुग्न कठिनाइ भएको थियो ।

नेपाल बन्दका क्रममा मुलुकका बिभिन्न ५५ स्थानमा विस्फोट, आगजनी र तोडफोडका घटना भएका छन् । प्रहरी प्रधान कार्यालयले काठमाडौं, कास्की, चितवन, प्युठान, बाग्लुङ, सिन्धुपाल्चोक, सिन्धुली र सोलखुम्बुका विभिन्न सार्वजनिक स्थानमा ९ थान नक्कली बम फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार देशका विभिन्न २३ स्थानमा फेला परेको शंकास्पद २३ वस्तुहरु फेला परेका थिए । सेनाले ३ स्थानमा सिलिन्डर बम, २ स्थानमा सकेट बम, ४ स्थानमा सुतली बम, ५ स्थानमा प्रेसर कुकर बम, ५ स्थानमा आगजनी, १ स्थानमा तोडफोड, १ स्थानमा टाइम बम, १ स्थानमा आरसीआइडी बम र १ स्थानमा पेट्रोल बम निस्क्रिय पारेको छ ।

बन्दको क्रममा आज पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसर कुकर बम फेला परेको छ । पोखरा महानगरपालिका लेखनाथको हमाल चोकमा भटिएको सकेट बम सेनाले डिस्पोज गरेको छ । पोखरा १७ ड्यामसाइडमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू