अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

जुरिच, पेरिस र ब्रसेल्समा नेपाल सेल्स मिसन युरोप २०१९ सफलता पूर्वक सम्पन्न

बिआरटीनेपाल २०७६ असार ९ गते १४:४७ मा प्रकाशित

नेपाल पर्यटन बोर्डको आयोजना तथा निजी क्षेत्र व्यवसायीहरूको सहभागितामा युरोपको प्रमुख पर्यटन बजारहरू जुरिच, पेरिस र ब्रसेल्समा जुन १७ मा सुरु भई जुन २१, २०१९ मा सम्पन्न भएको छ । उक्त कार्यक्रमहरूमा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगका महामहिम राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि महामहिम राजदूत दीपक अधिकारी र बेल्जियम, नेदरल्याण्डस र लक्जेम्बर्ग (बेनेलक्स)का लागि महामहिम राजदूत लोकबहादुर थापाले उपस्थित अन्तर्राष्ट्रिय ट्राभल एजेण्टस र टुर अपरेटरहरूलाई स्वागत सम्बोधन गर्नुभएको थियो ।

सेल्स मिसनको उद्देश्य नेपाली व्यवसायीहरूले युरोपियन समकक्षी टुर अपरेटरहरूसँग सम्बन्ध विस्तार र व्यवसाय वृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको छ ।

नेपाल पर्यटन बोर्डले उक्त अवसरमा नेपाल हिमालहरूको मात्र देश नभएको, यहाँको प्राकृतिक, सांस्कृतिक आकर्षणहरूले पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने भावको प्रस्तूतिकरण गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी फ्रेन्च भाषी बाहुल्यता भएको सहरहरूमा यो सेल्स मिसनको आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले उक्त सेल्स मिसनमा गन्तव्य प्रस्तुतीकरण दिनुभएको थियो जसमा नेपालका विभिन्न पर्यटकीय आकर्षणहरू र पर्यटन प्रबद्र्धनमा नेपालले थालेको अभियानहरुसमाबेस गरिएका थिए। सहभागीहरू पोखरामा रहेको ह्वीचेयर प्रयोगकर्ताका लागि बनेको पदयात्रा मार्गका बारे जान्न उत्सुक देखिन्थे । बोर्डबाट व.निर्देशक थापा र नवीन पोखरेल, प्रबन्धकले प्रतिनिधित्व गर्नुभएको थियो ।

२०१८ मा अन्तर्राष्ट्रिय पर्यटन आगमन २४.७७ प्रतिशतले बढेर दश लाखको सङ्ख्या हासिल भएको थियो र बेनेलक्स क्षेत्रमा ३१ प्रतिशतको वृद्धि भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू