अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

बंगलादेशमा रेल दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु, १०० घाइते

बिआरटीनेपाल २०७६ असार ९ गते १०:३४ मा प्रकाशित

उत्तरपूर्वी बंगलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १०० भन्दा बढी घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाबाट २०३ किलोमिटर टाढा रहेको माउल्भिबजार जिल्लामा सो दुर्घटना भएको हो ।

स्थानीय समायानुसार आइतबार राति ११ः५० बजे सो दुर्घटना भएको अग्नि नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्बा पटरीबाट छुट्टिएर सो घटना भएको बताईउको छ ।

दुर्घटनामा परेकाहरुको अवस्था गम्भिर रहेकोले मृतकहरुको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू