अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

रुपन्देहीमा युवतीमाथि सामूहिक बलात्कार, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक पक्राउ, संयोजक सहित १२ जनामाथि आरोप

बिआरटीनेपाल २०७६ असार ९ गते १०:२६ मा प्रकाशित

रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको खुल्न आएको छ । स्थानिय गैडहवा गाउँपालिकाका २ युवतीलाई यही असार २ गते राति युवाको समूहले बलात्कार गरेको घट्ना बाहिर आएको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले घटना बाहिर ल्याउन ढिलाइ भएको स्थानीयले बताएका छन्।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रममा गाउँपालिका संयोजकसमेत रहेका गैडहवा गाउँपालिका ८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ । अन्य आरोपीहरू फरार रहेका इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार फरार रहेका आरोपी विष्णु थारुले असार २ गते साँझ ती युवतीलाई खाजा खानका लागि बोलाएको र अन्य दुई युवासँग मिलेर बलात्कार गर्न खोज्दा एक युवती भागेकी खुलेको छ । तर भागेकी युवतीले गुहार माग्दा हसनापुर गाउँका स्थानीय जीवन ज्ञवालीसहित चार जनाले सहयोग नगरी उल्टै उनीमाथि पनि बलात्कार गरेका पीडितलाई उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू