अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

नेपालमा विदेशी टेलिभिजन च्यानलहरु बन्द

बिआरटीनेपाल २०७६ असार ९ गते १०:२३ मा प्रकाशित

मुलुकभर बिदेशी विज्ञापन बज्ने सबैजसो विदेशी च्यानलहरु बन्द भएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरि इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएका हुन् । सोमबार अपरान्ह ३ बजेदेखि मंगलबार अपरान्ह ३ बजेसम्म सबै च्यानलहरु बन्द रहने भएका हुन् ।

सरकारले बिज्ञापन नियमन गर्ने विधेयकमा बिदेशी टेलिभिजन च्यानल क्लीन फीडको रुपमा प्राप्त हुनुपर्ने र बिज्ञापन बजाउन नपाइने प्रस्ताब गरे पछि ब्यबसायीहरु आन्दोलित भएका छन् । ब्यबसायीहरुले यो ब्यबस्था लागू हुँदा आउने परिस्थितिबारे आम उपभोक्ता र सरोकारवालालाई जानकारी दिन २४ घण्टा प्रशारण बन्द गर्नु परेको बताएका छन् ।

नेपालमा प्रसारण हुने ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । इन्डियन ब्रोडकास्टर फोरमले भने नेपाललाई मात्रै क्लिन फिड अर्थात विज्ञापनरहीत च्यानल दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको छ । प्रस्तावित विज्ञापन ऐन, २०७६’लागू भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने ब्यबसायीहरुले बताएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका अध्यक्ष दिनेश सुबेदीले संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट पनि नेपाली जनता वञ्चित हुने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ ।

नेपालमा संञ्चालित डिटीएच, ओपीटभी र ओटीटीका कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसंग मासिक शुल्क उठाउन नसक्ने हुँदा ति कम्पनी बन्द हुने र त्यसले अर्बौको लगानी डुब्नुको साथै हजारौको रोजगारी गुम्ने अवस्था श्रृजना हुने जनाएका छन् । नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लीन फिड) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ ।

 

प्रतिक्रिया