अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

विप्लव नेकपाका ब्यूरो सदस्य कार्की पक्राउ

बिआरटीनेपाल २०७६ असार ९ गते १०:२२ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ब्यूरो सदस्य नरबहादुर कार्की पक्राउ पर्नुभएको छ । कार्कीलाई प्रहरीले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकैबाट गिरफ्तार गरेको हो । उहाँ नेकपाका अन्तर्राष्ट्रिय विभागमा हुनुहुन्छ ।

‘मोटिभेसनल स्पिकर’ का रुपमा समेत चिनिने कार्की ‘नो ट्याक्स– नो एनसेल’ आन्दोलनमा पनि सक्रिय हुनुहुन्थ्यो । सत्तारुढ दल नेकपामा रहनुभएका कार्की गत मंसिर ८ गते विप्लव नेतृत्वको नेकपा प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू