अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा असारे रोपाई महोत्सव हुने

बिआरटीनेपाल २०७६ असार ९ गते १०:०९ मा प्रकाशित

पर्यटकीय नगरी पोखरामा यस बर्षपनि असारे रोपाई महोत्सव हुने भएको छ । विगतका बर्षहरुमा जस्तै पोखरा पर्यटन परिषदको आयोजनामा रोपाई महोत्सव हुन लागेको हो । १६ औं संस्करणको रोपाई महोत्सव पोखरा १७ महतगौडामा आयोजना गर्न लागिएको परिषद्ले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

किसानलाई प्रोत्साहन र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले रोपाई महोत्सव गर्न लागिएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिनुभयो । स्थानीय ऋषिराम भण्डारीको ४ रोपनीको क्षेत्रफलमा रोपाई महोत्सव गरिने छ । महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरुको सहभागीता जनाउने बताईएको छ । रोपाई महोत्सवमा सहभागी हुनका लागि अमेरीका, बेलायत लगाएतका देशबाट विदेशी पर्यटकहरु आउने आयोजकले जनाएको छ ।

महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड प्रतियोगिता लगायतका कार्यक्रम समेबेश गरिएको छ । यो संगै स्वदेशी तथा विदेशी र स्थानीय एवं कास्की जिल्लामा उत्कृष्ट किसानलाई सम्मान गर्ने लगायतका विविध कार्यक्रम महोत्सवको आकर्षण रहने छन् ।

परिषदले पोखरा सबै मौसमका लागि भन्दै १६ वर्ष अघि शुरु गरेको रोपाई महोत्सव पोखराका फरक फरक फाँटहरुमा आयोजना हुदै आएको छ । परिषदले शुरु गरेको रोपाई महोत्सव पछिल्लो समय स्थानीय संघसंस्था तथा क्लबहरुले पनि असारे १५ मा धान महोत्सव एवं मेलाको रुपमा आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू