अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

नेपालमा पनि ओलम्पिक दिवस मनाइयो

बिआरटीनेपाल २०७६ असार ८ गते ९:५८ मा प्रकाशित

हरेक वर्ष २३ जुनका दिन विश्वका विभिन्न २०७ देशमा ओलम्पिक दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले पनि १५ जुनदेखि २३ जुनसम्म ९ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेकोे छ । ओलम्पिक दिवसको अवसरमा नेपालमा ११६ वटा खेलकुद कार्यक्रम सम्पन्न भएका छन् । जसमा २० हजारभन्दा बढी खेलाडीको सहभागिता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनबाट साइक्लिङ गरी ओलम्पिक दिवसको औपचारिक उद्घाटन गरिएको थियो । त्यसपछि २३ जुनसम्म नै विभिन्न संघ/संस्थाहरुले ओलम्पिक दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाईएको हो ।

दिवसको अवसरमा ह्यान्डबल, भलिबल, स्क्वास, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, एथलेटिक्स, जुडो, कबड्डी, साम्बो, पेन्टाथलन, ट्राइथलन, पौडी, टेनिस, फुटबल, तेक्वान्दो, भारत्तोलन, बक्सिङ, फेन्सिङ, बेसबल एन्ड सफ्ट बल लगायतका संघले बिभिनन प्रतियोगिता र कार्यक्रम आयोजना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू