अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

मुलुकमा बर्षा र बाढी पहिरोको संभावना, सचेत रहन मौसम विभागको आग्रह

बिआरटीनेपाल २०७६ असार ८ गते ९:५६ मा प्रकाशित

जल तथा मौसम पूर्वानुमान विभागले आगामी तीन दिन मुसलधारे वर्षा र बाढी पहिरोको सम्भावना रहेकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिमी क्षेत्रमा फैलिने क्रममा सोमबारसम्म देशभर फैलिइसक्ने भएकाले मध्य क्षेत्रका केही भागमा मुसलधारे वर्षा र बाढी पहिरो जानसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

सोमबार र मंगलबार देशको मध्य तथा पश्चिमका केही स्थानमा सामान्य बदली भइ पूर्वी र मध्य पश्चिमी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको कँडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू