अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

आईसीसी एकदिवसीय क्रिकेट– पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो ३०९ रनको लक्ष्य

बिआरटीनेपाल २०७६ असार ८ गते ९:५३ मा प्रकाशित

आईसीसी एकदिवसीय क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३०९ रनको लक्ष्य दिएको छ । लर्डस क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनायो ।

पाकिस्तानका लागि हरिस सोहेल र बाबर आजमले अर्धशतकीय पारी खेले । ६९ बल खेलेका हरिसले ९ चौका र ३ छक्काको सहयोगमा ८९ रन पूरा गरे । ८० बल खेलका बाबरले ७ चौकाको सहयोगमा ६९ रनको योगदान गरे । पाकिस्तानका लागि फखर जमान र इमाम उल हकले ४४/४४ रन जोड्न सफल भए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लागि लुङ्गी एन्गिडीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै इमरान ताहिरले दुई विकेट लिँदा एण्डिले फेह्लुक्वाया र एडन मार्करम एक/ एक विकेट लिए ।

 

प्रतिक्रिया