अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

सरकारले नेपालीको खुसी सर्वेक्षण गर्दै

बिआरटीनेपाल २०७६ असार ८ गते ९:५० मा प्रकाशित

सरकारले नेपालीहरुको खुसी सर्वेक्षण गर्ने भएको छ । समष्टिगत सुख सर्वेक्षण नाम दिएको उक्त सर्वेक्षणका आधारमा नेपालीहरुको सुख मापन गरिने तथ्याङ विभागका निर्देशक राजन सिलवालले जानारी दिनुभयो ।

ओली सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई आधारमा मानेर यो कार्यक्रम बनाइएको हो । आगामी आर्थिक वर्ष भित्र सर्वेक्षण सक्नेगरि तथ्याङक विभागले बजेट विनियोजन गरेको छ । नयाँ आर्थिक वर्ष लागेपछि कसरी सर्वेक्षण गर्ने भन्ने विस्तृत विधि बनाईने बताउनुभयो । नागरिकको खुसी सर्वेक्षणको लागि बजेट विनियोजन भइसकेको बताईएको छ ।

तथ्याङक विभागले पछिल्लो जनगणना, कृषि गणना लगायतका तथ्याङकलाई आधार बनाएर खुसीको सर्वेक्षण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू