अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

विश्वकप महिला फुटबल – जर्मनी र नर्वे क्वाटरफाइनलमा

बिआरटीनेपाल २०७६ असार ८ गते ९:४८ मा प्रकाशित

जर्मनी र नर्वे विश्वकप महिला फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि–क्वाटरफाईनल खेलमा नाईजेरियालाई ३–० ले हराउँदै जर्मनी क्वाटरफाईनलमा पुगेको हो । जर्मनीका लागि अलेक्जान्द्रा पोप, सारा डेब्रिज र लिया शुलरले एक एक गोल गरिन् ।

गएराति भएको अर्को खेलमा अष्ट्रेलियालाई टाई ब्रेकरमा हराउँदै नर्वे पनि विश्वकप महिला फुटबलको क्वाटरफाईनलमा पुगेको छ । खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि अतिरिक्त समय हुँदै खेल टाई ब्रेकरमा पुगेको थियो । टाई ब्रेकरमा नर्वे ४–१ ले विजयी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू