अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

इथियोपियाका आर्मी प्रमुखको गोली हानी हत्या

बिआरटीनेपाल २०७६ असार ८ गते ९:४६ मा प्रकाशित

इथियोपियाकका सेना प्रमुखको गोली हानी हत्या भएको छ । आर्मी प्रमुख जनरल सिएर मिकोनेनमाथि राजधानी एडिस अबाबामा गोली प्रहार भएको हो । इथियोपियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशको उत्तरी अमराह क्षेत्रमा सेनाले गरेको कू रोक्ने प्रयासको क्रममा आर्मी प्रमुखमाथि गोली प्रहार गर्नु परेको प्रधानमन्त्री अबी अहमदले जानकारी दिनुभएको छ ।

यसअघि शनिबार अमराहका गभर्नर अम्बाक्युव मेकोनेन र उनका सल्लाहकारको हत्या भएको थियो । कू को प्रयासमा रहेकाहरुले उनीहरुको हत्या गरेका हुन् । सो क्षेत्रमा केही वर्षयता जातीय हिंसा भड्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू