अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

अमेरिकी राष्ट्रपतिले पठाएको पत्र उत्तर कोरियाली नेता किमको हातमा

बिआरटीनेपाल २०७६ असार ८ गते ९:३८ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जङ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यक्तिगत पत्र प्राप्त गर्नुभएको छ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले जनाएअनुसार नेता किमले ट्रम्पको व्यक्तिगत पत्र प्राप्त गर्नुभएको हो । उत्तर कोरियाली नेता किमले पत्र असाधारण भन्दै ट्रम्पको ‘असाधारण साहस’को समेत प्रशंसा गर्नुभएको केसीएनएले उल्लेख गरेको छ ।

उत्तर कोरियाली अधिकारीहरुले पत्रको चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने बताएका छन् । पत्रको मितिबारे भने केही खुलाइएको छैन । ट्रम्पले यो महिनाको शुरुमा किमले आफूलाई सुन्दर पत्र पठाएको बताउनुभएको थियो ।

गएको फेब्रुअरीमा दुई नेताबीच भियतनामको हनोईमा भएको वार्ता कुनै सहमति बिना सकिएको थियो । त्यसपछि दुई मुलुकबीचको सम्बन्धमा चिसोपन बढेको छ । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले निशस्त्रीकरणलगायतका विषयमा किमसँग अर्को चरणको वार्ता हुन सक्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू