अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

गुठी विधेयक पूर्णरुपले खारेज गर्न राप्रपाको माग

बिआरटीनेपाल २०७६ असार ८ गते ९:३५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गुठी विधेयक पूर्णरुपले खारेज गर्न माग गरेको छ । पार्टी केन्द्रीय समितिको विस्तारित बैठकको निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले सरकारले गुठी विधेयक फिर्त लिएर मात्र नहुने भन्दै पूर्णरुपमा खारेज गर्नुपर्ने माग गर्नुभयो ।

अध्यक्ष थापाले सरोकारवाला पक्षहरुसँग छलफल गरेर धर्म संस्कृतीमा आँच नपुग्ने गरि नयाँ विधेयक ल्याउन आग्रह गर्नुभयो । सरकारले सनातन धर्म संस्कृतिलाई मास्ने गरी विधेयक ल्याइएको आरोप लगाउँदै विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि बताउनुभयो ।

थापाले सरकारलाई आफुहरुले सरकारलाई बुझाएको २२ बुँदे मागको उपेक्षा गरिए दोस्रो चरणको जनसंघर्ष गर्ने चेतावनीसमेत दिनुभयो । पार्टीले बर्ष २०७६ लाई संगठन निर्माणको वर्षको रुपमा अघि बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू