अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

मनको किताबको भिडियो लिएर आए निर्देशक नव ढुङ्गेल

बिआरटीनेपाल २०७६ असार ८ गते ९:१६ मा प्रकाशित

म्युजिक भिडियो तथा विज्ञापन निर्देशनमा आधा दशक काटिसकेका नव ढुङ्गेलको निर्देशनमा नयाँ भिडियो सार्वजनिक भएको छ । गीतकार सुवास चन्द्र ढुङेलको शब्दमा गायक कर्णदासको आवाजमा रहेको गीत ‘ मन को किताब ’ को म्युजिक भिडियो आर्टिस टिभी च्यानल मार्फत सार्वजनिक भएको हो ।

मनको किताब भिडियोमा मोडल सन्दीप शाही र रचिता छेत्रीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायाङ्कन तथा माधव बेल्बासकोे सम्पादन रहेको उक्त भिडियाको अधिकांश दृश्यहरू सितापाईला स्थित कम्फर्ट हाउजिङ्ग र ठमेल सोह्र खुट्टे स्थित व्हाईट हाउस बेङ्कोइटमा छायाङ्कन गरिएको हो ।

सुगम सङ्गीत गायन मार्फत दर्शक माझ लोकप्रिय कर्णदासका ठुला ठुला महल होइन, पुरानो डुङ्गा, आधा सपना लगायतका गीतहरू चर्चित छन् । गायक कर्णदासले आफ्ना अन्य गीतहरू जस्तै यस गीतलाई पनि दर्शक श्रोताहरूले माया गरिदिनेमा आसावादी रहेको बताए । यस गीतका गीतकार सुवासचन्द्र ढुङेलले आफूले रचना गरेको गीतको शब्द आफूलाई पनि मन परेको बताए । उनले शब्दले खोजेको जस्तो भिडियो निर्माण भएको प्रति निर्माता टिमलाई धन्यवाद दिएका छन् । त्यस्तै यस गीतका सङ्गीतकार इन्द्र बेन्जान्कारले दुवै स्रष्टाहरूसँग काम गर्न पाउँदा आफू उत्साहित भएको र गीत र म्युजिक भिडियोको सबैबाट राम्रो प्रतिक्रिया पाएको बताए । झन्डै एक सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका नव ढुङेलले निर्माण गरेको यस भिडियोलाई दर्शकहरुहरुले कत्तिको माया गर्लान् त ?

भिडियो:

प्रतिक्रिया