अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 11:40

राजेश पायलले गाए डा. अच्युत शर्माको जय जय नेपाल

बिआरटीनेपाल २०७६ असार ८ गते ७:३५ मा प्रकाशित

सूक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाउनुभएका प्रा डा अच्युत शर्मा पछिल्लो समय नेपाली गीत सङ्गीतमा उदाउनुभएको छ । उहाँको “जय जय नेपाल” बोलको राष्ट्रिय गीत लोकप्रिय गायक राजेश पायल राईको स्वरमा यु ट्युब मार्फत हालै सार्वजनिक भएको छ ।

यो गीतमा सङ्गीत खेम विश्वकर्माको रहेको छ भने सङ्गीत संयोजन पुष्कर सुनुवारले गर्नुभएको छ । देशमा विद्यमान पछिल्लो राजनीतिक परिदृश्यमा राष्ट्रियताको सवाल कम्जोर हुँदै गएको सन्दर्भमा गीत सङ्गीत मार्फत एकताको सूत्रमा सुत्रबद्द गर्न सकियोस् भनेर आफूले यो गीत सिर्जना गरेको बताउनुहुन्छ गीतकार शर्मा । नेपाली साङ्गीतिक बजारमा आएका प्रायजसो राष्ट्रिय गीतहरूभन्दा पृथक् स्वादमा पस्कने प्रयास स्वरूप आफूले लोक र रक सङ्गीतको फ्युजनबाट यो गीतको सङ्गीत तयार पारेको र यो गीतले श्रोताहरूलाई “इन्गेज” गराउने कुरामा सङ्गीतकार विश्वकर्मा विश्वस्त हुनुहुन्छ।

गीत सुन्नको लागि लिङ्क :

प्रतिक्रिया