अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

कांग्रेसले गोरखामा डा. बाबुराम भट्टराईलाई मतदान गर्नु भूल , ‘क्षमापूजा ’ गरिने

बिआरटीनेपाल २०७६ असार ७ गते ९:३० मा प्रकाशित

नेपाली कांग्रेसका नेता गगन थापाले डा. बाबुराम भट्टराईलाई मतदान गर्नु कांग्रेसको भूल भएको बताउनु भएको छ । उहाले मतदान गरेकोमा क्षमापूजा गरेर चुनावी भूलको प्रायश्चित गर्ने पनि उद्घोष गर्नुभयो ।

गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसको प्रथम नगरअधिवेशनलाई सम्बोधन गर्दै थापाले तत्कालीन नयाँ शक्तिका संयोजक भट्टराईलाई कांग्रेसले भोट दिएर जिताएकोले आउँदो निर्वाचनमा क्षमापूजा गरिने बताउनु भयो । ‘युद्धकालमा कांग्रेसकै नेता कार्यकर्ताको हत्या गरियो। बाँकी रहेका कांग्रेसजनको मतले बाबुरामले चुनाव जिते’, उहाले भन्नुभयो, ‘तर चुनाव जितेपछि कांग्रेसलाई नै तथानाम गाली गर्न थाले ।’

कांग्रेसकै भोटले चुनाव जितेका बाबुरामले चुनाव जितेपछि कांग्रेसलाई नै गाली गरेको भन्दै थापाले आक्रोश व्यक्त गर्नुभयो । भट्टराईकै गृहनगरमा उहाले भन्नुभयो, ‘काग्रेसलाई संग्राहलयमा राख्नुपर्छ भन्ने पनि उहाँबाट सुनियो, अब आउने चुनावमा हिसाबकिताब गरिन्छ। क्षमापूजा पनि त्यही बेला गरिन्छ’ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू