अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

राष्ट्रपति ट्रम्पमाथि जर्बजस्ती करणीको आरोप

बिआरटीनेपाल २०७६ असार ७ गते ९:२१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौनकाण्डमा मुछिनुभएको छ । उहाँमाथि एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएकी छिन् । ट्रम्पले आफूलाई २० वर्ष अघि न्युयोर्कस्थित मानहाट्टन डिर्पाटमेन्ट स्टोरमा यौन दुव्र्यवहार गरेको भन्दै इ. जित केरोलले खुलासा गरेकी हुन् । लेखन क्षेत्रमा सक्रिय केरोलले यौन दुव्र्यवहारको वृस्तृत घटना शुक्रबारको न्युयोर्क म्यागाजिनमा प्रकाशित गरेकी छिन् ।

ट्रम्पले आफूलाई ड्रेसिङ रुममा हमला गरेको उनको दाबी छ । ट्रम्पले टाउको भित्तामा ठोक्काइदिएको, कपडा खोलेर छेदन गरेको केरोलले उल्लेख गरेकी छिन् । केही समयपछि ट्रम्पलाई घचेटेर आफु भाग्न सफल भएको उनको भनाई छ ।आफू लामो समय मौन बसेको भन्दै केरोलले उक्त घटना महिलालाई भविष्यमा कुनै पुरुषले दुव्र्यवहार गर्न नसकुन् भनेर खुलासा गरेको बताएकी छिन् ।

ट्रम्पले उक्त आरोपलाई झुटा भन्नुभएको छ । उहाँले स्टोरमा भिडियो फुटेज वा प्रत्यक्षदर्शी किन भएनन् भनी प्रश्न गर्नुभएको छ । केरोलले आफ्नो नयाँ पुस्तक बिकाउन उक्त कथा बुनेको कतिपयले आशंका गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू