अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

प्रकाश शपूतको ‘गलबन्दी’विरुद्ध शम्भु राईद्धारा कपिराइटको मुद्दा दर्ता

बिआरटीनेपाल २०७६ असार ७ गते ९:२० मा प्रकाशित

प्रकाश सपूतको गीत ‘गलबन्दी’ आफ्नो गीत ‘आऊ नाचौं साथी हो’सँग हुबहु मिलेपछि गायक शम्भु राईले कपिराइटमा मुद्दा दर्ता गर्नुभएको छ । बिहीबार नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा राईले मुद्दा दर्ता गर्नुभएको हो ।

सहमतिमा जाउँ भन्दा प्रकाश सपुतले नमानेपछि आफु वाध्य भएर कपिराइटमा गएको राईले बताउनुभएको छ । रजिष्टारको कार्यालयले राईलाई भोली (आइतबार) विहान ११ बजे छलफलका लागि बोलाएको छ । रजिष्टारको कार्यालयले दुई जनाबीच आपसी छलफलमा जान आग्रह गर्नेछ । तर दुईपक्षबीच सहमति हुन नसके प्रहरी हुँदै मुद्दा अदालतसम्म पुग्ने कानुनी प्रावधान छ ।

आफूले क्रियसन वाई सम्भूराई राखिदिए मात्रै पुगे बताइरहेको पनि कपिराइटमा गएपछि त्योबाहेक आर्थिक पक्ष पनि तानिने राईको भनाई छ । यसैवीच, ‘गलबन्दी’का गायक प्रकाश सपूतले आफू सम्बन्धीत ठाउँमा गएर छलफल गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।

संगीतको विश्वब्यापी मान्यताअनुसार कुनै पनि गीतमा एउटा नोट मात्रै नमिलेको अवस्थामा पनि कपिराइट लाग्दैन । आठ बारसम्म एउटामात्रै नोट तलमाथि भयो भने कपिराइट लाग्दैन । ‘गलबन्दी’ सबैभन्दा छोटो समयमा युट्युबमा करोड ‘भ्युज’ पाएको गीत हो भने ‘आउ नाचौं साथी हो’ शम्भु राईले ०४८ सालमा रेकर्ड गरेको गीत हो ।

प्रतिक्रिया