अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

प्रहरी इन्काउन्टरले कानुनी राज्यको उपहास भयो – अध्यक्ष शर्मा

बिआरटीनेपाल २०७६ असार ७ गते ९:१६ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टरको संस्कृति विकास हुदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यस तर्फ सचेत बन्न सुझाव दिनुभएको छ ।

आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा उहाँले पछिल्लो समय इन्काउण्टर संस्कृति विकास हुदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी अपराध प्रमाणित गर्नुपर्नेमा उहाँको जोड छ ।

प्रहरीले आफ्नो सजिलोका लागि इन्काउण्टर शब्द प्रयोग गरी व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जाँदा त्यसले कानुनलाई उपहास गर्ने उहाँको भनाइ छ । चरी, घैँटे र भक्तपुरका बालक अपहरण पछि हत्यामा संलग्न दुईजनाको इन्काउण्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

पछिल्लो समय नेत्र विक्रम चन्द समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको पनि प्रहरीको इन्काउण्टरमा मृत्यु भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू