अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

रेशम चौधरीलाई अस्पतालमा नेलले बाँध्नेलाई कारबाही गर्न प्रधानमन्त्री ओलीको निर्देशन, अन्ततः नेल खुलाईयो

बिआरटीनेपाल २०७६ असार ७ गते ९:१४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्वित सांसद् रेशम चौधरीलाई अस्पतालको बेडमा नेल लगाउनेलाई कारबाही गर्न निर्देशन दिएलगत्तै खुट्टामा लगाईएको नेल खोलिएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन मार्फत चौधरीलाई सिक्रीले बाध्न आदेश दिनेलाई कारबाही गर्न निर्देशन दिनुभएको थियो ।

टीकापुर हत्याकाण्डको घटनामा कैद भुक्तान गरिरहेका निलम्बित सांसद चौधरीलाई उपचारका क्रममा नेल र हत्कडीले बाँधेर राखिएपछि त्यसको विरोध भइरहेको छ । शुक्रवारमात्रै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उक्त घटानाप्रति कडा आपत्ति जनाउनुभएको थियो । भट्टराईले उक्त घटना कति ‘मानवोचित र विधिसम्मत’ हो भनेर प्रश्न पनि गर्नुभएको थियो ।
२०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ प्रहरी र एक नाबालकको निर्मम हत्या भएको थियो ।

सो घटनापछि फरार रेशमले फरार रहेकै अवस्थामा टीकापुरमा प्रतिनिधिसभाको निर्वाचन अत्यधिक बहुमतका साथ जित्नुभएको थियो । तर कैलाली जिल्ला अदालतले टीकापुर हत्याकाण्डको घटनामा रेशमलाई दोषी ठहर गर्दै जन्मकैद सुनाएपछि चौधरीले कैद भुक्तान गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू