अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

गीतकार बीबी थापाका २७ गीति एल्बमको एकै साथ विमोचन, गिनिज बुकमा रेकर्ड राख्ने तयारी

बिआरटीनेपाल २०७६ असार ७ गते ०:०५ मा प्रकाशित

गीतकार बीबी थापाले २७ वटा एल्बम एकसाथ सार्वजनिक गर्नुभएको छ । शनिबार काठमाण्डौंको होटल अन्नपूर्णमा पूर्वउपराष्ट्रपति परमानन्द झाको उपस्थितीमा २७ ओटा एल्बमको एक सय ४५ ओटा गीत एकैसाथ सार्वजनिक गरिएको हो।

यो एल्बममा प्रेमध्वज प्रधान, मदनकृष्ण आचार्यदेखि प्रकाश श्रेष्ठ, रामकृष्ण ढकाल, मेनुका पौडेल, अन्जु पन्त, मेलिना राई, रुपक डोटेल लगायत कलाकारको स्वर छ। एल्वमा संग्रहितहित ‘म तिम्रो शहर छोडि टाढा’ भन्ने गीत यसपल्ट गायिका अन्जु पन्तले गाउनुभएको छ । एकसय ४५ मध्ये पाँच ओटा गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

यो कार्यक्रम जस्ताको तस्तै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाउनु पर्नेछ। त्यहाँको टोलीले जाँच गरेर नयाँ कीर्तिमान बनाउने या नबनाउने निर्णय गर्छन्। यस्तै कार्यक्रममा दुई पुस्तक पनि बिमोचन भएको छ। बीबी आफैले लेखेको गजल अनि गीत संग्रह सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू