अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

अमेरिका–इरान सम्बन्धः प्रतिकारका लागि अमेरिकी सेना तयारी अवस्थामा

बिआरटीनेपाल २०७६ असार ६ गते २३:२० मा प्रकाशित

इरानसँगको प्रतिकारका लागि अमेरिकी सेना तयारी अवस्थामा रहेको र बन्दुक लोड भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । बन्दुकहरु प्रतिकारका लागि निशाना तर्फ सोझिएको ट्रम्पले बताउनुभयो ।

अमेरिकाले इरानका तीन क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको थियो । तर आक्रमण सुरु हुनु भन्दा १० मिनेट पूर्व त्यसलाई रोकिएको ट्रम्पले दावी गर्नुभएको छ । प्रतिकार गर्ने भनिएका क्षेत्रमा सर्वसाधारण नागरिक रहेको र १५० जनाको ज्यान जान सक्ने बताइएकाले निर्धारित प्रतिकार रोकिएको ट्रम्पको भनाई छ । इरानी सेनाले अमेरिकी गुप्तचर ड्रोन आक्रमण गरी खसालेपछि अमेरिकाले त्यसको प्रतिकार गर्ने तयारी गरेको थियो । अझै पनि अमेरिकी सेना तयारी अवस्थामा बन्दुक लोड गरेर बसेको ट्रम्पले बताउनुभएको छ ।

यसैवीच, इरानले खसालिएको अमेरिकी ड्रोनको भग्नावशेष सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गरेर तयारी अवस्थामा रहेको आक्रमण रोकिएको जनाउनुभएको थियो । यस सम्बन्धी खबर सबै भन्दा पहिले अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले सार्वजजिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू