अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

कतारका व्यापारिक मलमा ‘मेड इन नेपाल’ तरकारी

बिआरटीनेपाल २०७६ असार ६ गते २३:०१ मा प्रकाशित

कतारको व्यापारिक मलमा नेपालबाट तरकारी निर्यात हुन थालेको छ । अलसमन इन्टरनेसनल नेपाल नामक कम्पनीले नेपालमा उत्पादन भएका तरकारी कतार निर्यात गरेको हो । कम्पनीले १ जनवरी अर्थात् पुस १७ गतेदेखि कतारमा तरकारी निर्यात गर्दै आएको कम्पनीका प्रोजेक्ट म्यानेजर कल्याण घिमिरेले बताउनुभयो ।

कमपनीले सन् २०१८ देखि नै तरकारी निर्यात गर्न शुरु गरेको र २०१९ जनवरी १ देखि निरन्तर पठाउँदै आएको बताईएको छ । कम्पनीले साताको दुईचोटि आइतबार र बुधबार अर्डरबमोजिम तरकारी कतार पठाउँदै आएको छ ।

नेपालमा उत्पादन भएका गुन्द्रुक, ऐलोभेरा, तितेकरेला, भिन्डी, गाँजर, लौका, फर्सी, काउली, बन्दा, गोलभेडा लगायत अन्य तरकारी कम्पनीले निर्यात गर्दै आएको बताईएको छ । कम्पनीले सुरूका दिनमा रायो, धनियाँ, निउरो लगायत सागसब्जी पनि पठाउने गरेको थियो। यी सागसब्जी पठाउँदा कुहिने समस्या भएकाले पठाउन छाडेको घिमिरेले बताउनुभयो ।

  • सुनिता सिटौला (सेतोपाटी)
प्रतिक्रिया