अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

इन्डोनेसियामा ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असार ६ गते २२:४३ मा प्रकाशित

इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन् । उत्तरी सुमात्रा प्रान्तको बिन्जाई शहरमा रहेको लाइटर उद्योगमा आगलागी भएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार आगलागी हुनुभन्दा पहिले ठूलो विस्फोटको आवाज सुनिएको र त्यसवेला उद्योगमा कार्यरत प्राय सवै श्रमिक कोठाभित्र रहेका थिए । प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू