अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

शनिवार (आज) देशभर वर्षा

बिआरटीनेपाल २०७६ असार ६ गते २२:३८ मा प्रकाशित

आज देशका पश्चिम र मध्यपश्चिम क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएअनुसार, जाजरकोट, डोल्पा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, नवलपरासी, पर्सा, गोर्खा लमजुङ स्याङ्जा लगायतका पश्चिम र मध्य पश्चिम क्षेत्रहरुमा शनिबार बिहानैदेखि पानी परिरहेको छ।

महाशाखाका मौमसविद् समीर श्रेष्ठका अनुसार पश्चिम र मध्यपश्चिममा पानी पर्ने प्रणाली दिउँसोपख कमजोर भएर पानी पर्न रोकिने छ भने तराई क्षेत्रमा पानी पर्नेछ । बेलुकासम्म देशका अधिकांश स्थानको मौसम बदली भएर मेघ गर्जनसहित पानी पर्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । पश्चिमी वायु, पूर्वी वायु र मनसुनको सक्रियताका कारण शनिबार देशभर पानी पर्ने महाशाखाले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू