अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

भुटानमा शिक्षक र स्वास्थ्यकर्मीलाई सबैभन्दा धेरै तलब

बिआरटीनेपाल २०७६ असार ६ गते २२:२९ मा प्रकाशित

भुटान सरकारले शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीलाई उही तहका अन्य कर्मचारीहरुको तुलनामा सबैभन्दा धेरै तलब दिने भएको छ । भुटानको मन्त्रिपरिषद् बैठकले गरेको तलब पुनरावलोकनअनुसार शिक्षक, डाक्टर, नर्स र मेडिकल क्षेत्रका कर्मचारीहरूको तलब अरू कर्मचारीको भन्दा धेरै हुनेछ ।

भुटान सरकारको प्रधानमन्त्री कार्यालयले गरेको घोषणा अनुसार १० देखि २० वर्षको अनुभव भएका शिक्षकको तलब ३५ र २० वर्षभन्दा बढी अनुभव भएका शिक्षकको तलब ५५ प्रतिशतले बढेको छ । यस्तै, एमबिबिएस डाक्टरलाई उनीहरूको अनुभवका आधारमा ४५ देखि ६० प्रतिशतसम्म तलब बढाउने घोषणा सरकारले गरेको छ ।

यस्तै, नर्स र स्वास्थ्यक्षेत्रका अरू कर्मचारीको पनि अनुभवका आधारमा तलब बढाइएको छ । घोषणाअनुसार १० वर्षसम्म सेवा गरेका नर्स तथा मेडिकल स्टाफको ३५, १० वर्षदेखि २० वर्षसम्म अनुभव हुनेहरूको ४५ र २० वर्षभन्दा धेरै अनुभव भएका स्वास्थ्य कर्मचारीहरुको तलब ५५ प्रतिशतसम्म तलब बढेको छ । सरकारको यो घोषणाले भुटानका आठ हजार ६ सय ७९ शिक्षक र करिब ४ हजार स्वास्थ्य कर्मचारी लाभाविन्त हुने द भुटनिज अनलाइनले उल्लेख गरेको छ ।

प्रधानमन्त्री लोटे छिरिङले सरकारको अहिलेको प्राथमिकता शिक्षा र स्वास्थ्य भएकाले उनीहरूलाई प्रोत्साहन गर्न तलब बढाउने निर्णय गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू