अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०३ | Colorodo: 21:18

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रति तोला ६५ हजारमा किनबेच

बिआरटीनेपाल २०७६ असार ६ गते ९:३४ मा प्रकाशित

नेपालमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शरक्रबार प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ पुगेर इतिहासकै नयाँ रेकर्ड कायम गरेको थियो। त्यो रेकर्ड एकै दिनमा तोड्दै ६५ हजार प्रतितोलामा कायम भएको छ। ठीक एक महिनाअघि जेठ ९ गते सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

एक महिनादेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाउँछ। एक महिनाकै अवधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३९५ डलर नाघेको छ ।

इरान र अमेरिका बीचको तनाव बढ्नु, अमेरिकासँग चीन र भारतको व्यापार विवाद कायम हुनुले सुनको मूल्य बढेको महासंघको ठहर छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चलिरहेका यी विवाद नसुल्झीएसम्म सुनको मूल्य अझै बढ्नसक्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू