अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१२ | Colorodo: 17:27

‘चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले हिंसा निम्त्यायो’– राप्रपा अध्यक्ष थापा

बिआरटीनेपाल २०७६ असार ६ गते ९:२७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले हिंसा निम्त्याएको बताउनुभएको छ । शुक्रबारदेखि शुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको विस्तारित बैठक लाई काडमाण्डौंमा सम्बोधन गर्दै थापाले सो कुरा बताउनुभएको हो ।

पछिल्लो १३ वर्षको अवधिमा शान्ति, स्थायित्व र समृद्धिको साटो मुलुक डरलाग्दो संकटको चक्रव्यूहमा फसेको उहाँको भनाइ थियो । बैठकमा अध्यक्ष कमल थापाले देशको वर्तमान अवस्था र राप्रपाको भावी कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष थापाले प्रस्तुत् गरेको प्रतिवेदनमा सनातन हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको, राजसंस्थालाई पाखा लगाइएको, जातीय विभाजनको संस्थागत बिजारोपण गरेको, राष्ट्रहितविरुद्धको नागरिकता ऐन लागू गरी लाखौं विदेशीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेकोलगायतका विषय उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू