अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

वीरविक्रमको प्रिमियरको लागि पल सिङ्गापुरमा

बिआरटीनेपाल २०७६ असार ६ गते ८:४३ मा प्रकाशित

सिङ्गापुर, मिलन चाम्सद्वारा निर्देशित तथा पल शाह, वर्षा सिवाकोटी, नजिर हुसेन, बुद्धि तामाङद्वारा अभिनीत सुपर हिट चलचित्र वीरविक्रम-२ को जुन २२ र २३ तारिखमा सिङ्गापुरमा हुने प्रिमियर सोको लागि नायक पल शाह आज सिङ्गापुर आइपुगेका छन् । आज सिङ्गापुरको चांगी एयरपोर्टमा नायक पल शाहलाई भव्य स्वागत गरिएको थियो । 

सिङ्गापुरको गोल्डेन माइल टावर बीचरोड स्थित रेक्स सिनेमामा शनिवार र आइतबार गरी दुई दिन वीरविक्रम-२ देखाइने र दुवै सोमा मुख्य आकर्षणको रूपमा नायक पल शाह रहने आयोजक नेपाली सिनेमा ग्रुप सिङ्गापुरका प्रिन्स लिम्बुले बताए । भव्य रेड कार्पेट सहित दुवै दिन भव्य कार्यक्रम सहित वीरविक्रम-२ देखाइनेछ । सिङ्गापुरमा रहेका नेपालीहरूको छुट्टी मिलाएर गरिएको दुवै दिनको सोमा उल्लेखीय दर्शक सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू