अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत “दिक्तेल बजार २” भिडियो सहित सार्वजनिक

बिआरटीनेपाल २०७६ असार ६ गते ८:१९ मा प्रकाशित

काठमान्डु । चर्चित गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत “दिक्तेल बजार २” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खोटाङ जिल्लाको पर्यटकीय एवम धार्मिक सम्पदाको वर्णन गरिएको छ । गाउँले लोक लयलाई गीतमा समेटिएको छ । मौलिक शब्द तथा मौलिक लय लाई गीतमा समेटिएको छ ।

गुडी जाने रेल, चौबन्दी चोलीले, दिक्तेल बजार, माथि माथि हिमाली भेगमा, स्कुले जीवन, हिँडिजाने बटुवा, एक्ले वर, माया हजुर, सोल्टिनी ज्यु जस्ता दर्जनौँ चर्चित लोक गीतहरूमा सङ्गीत दिई सकेका चर्चित सङ्गीतकार डी आर अटुको सङ्गीत गीतमा रहेको छ । प्रेम प्रसाद भट्टराईको शब्द तथा राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । आफ्नी मायालुलाई जीवनभर आफ्नो माया रहिरने कुरामा गरिएको छ । 

प्रतिक्रिया