अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

ज्योति म्युजिकल नाइट हंगकंगमा हुँदै

बिआरटीनेपाल २०७६ असार ६ गते ८:१४ मा प्रकाशित

हंगकंग, आगामी असार २८ गते शनिवार अर्थात् १३ जुलाईको दिन हंगकंग स्थित ब्लु ओसियन रेस्टुरेन्टको हलमा अहिलेको चर्चित तथा हट लोक गायिका ज्योति मगरको विशेष साङ्गीतिक कार्यक्रम ज्योति म्युजिकल नाइट २०१९ आयोजना हुँदैछ ।

काठमाडौँको जोरपाटी स्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेसन नेपालको सहयोगार्थ हुने कार्यक्रममा हंगकंगकै स्थानीय कलाकार हर्षित आले मगर, राज तामाङको गायन तथा चर्चित डान्सर सुष्मिता शाहीको समेत प्रस्तुति रहनेछ ।

हंगकंगमा हुने कार्यक्रमहरूको संयोजन तथा फोटोग्राफीमा सधैँ सक्रिय रहने बुलेटहाङ्ग तिगेलाको ब्ल्यागपिग इन्टरटेनमेन्ट, हंगकंगको आयोजनामा हुने कार्यक्रम सँगै गायिका तथा मोडल ज्योति मगर चौथौँ पटक हंगकंग आऊदैछिन् ।

प्रतिक्रिया