अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

सूचना प्रविधि सम्बन्धी विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई मन्त्री बास्कोटाको निर्देशन

बिआरटीनेपाल २०७६ असार ६ गते २:१२ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दबाब दिनुभएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दबाब दिएको बुझिएको छ ।

मन्त्री बाँस्कोटाले सरोकार नै नभएको सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्ति समेत जनाउनुभएको छ । समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ ।

मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गर्नुभयो । उहाँले दुई महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पु¥याउन नसकेको भन्दै समितिप्रति असन्तुष्टि पनि जनाउनुभयो ।

सो अवसरमा मन्त्री बास्कोटाले सामाजिक सञ्जालका कारण पीडितहरुको संख्या बढ्दै गएपछि त्यसलाई न्यूनिकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू