अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 20:39

प्रहरीबाट जिल्ला इन्चार्ज मारिएपछि विप्लव नेकपाद्धारा आन्दोलनको घोषणा

बिआरटीनेपाल २०७६ असार ६ गते २:०२ मा प्रकाशित

प्रहरीबाट आफ्ना जिल्ला इन्चार्ज मारिएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट बिहीबार ज्यान गएपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शुक्रबार एक विज्ञप्ति निकाल्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका गर्नुभएको हो ।

विप्लवले केपी ओली सरकारले फासिवादी शैलीले देशभर हत्या अभियान चलाएको भन्दै त्यसविरुद्ध असार १० गते नेपालसहितका आन्दोलनका कार्यक्रम विप्लवले सार्वजनिक गर्नुभएको हो । बिज्ञप्तिमा विप्लवले आफ्ना नेता कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन दिनुभएको छ । निशस्त्र अवस्थामा रहेका आफ्ना जिल्ला इन्चार्ज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको जनाउँदै विप्लवले प्रहरीले भिडन्त भनेर गरेको प्रचारको पनि खण्डन गर्नुभएको छ ।

वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताको हत्या गर्ने ओली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिज्ञप्तिमा पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि पार्टी पंक्तिलाई निर्देशन दिंदै सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई सहिद घोषणा गरिएको छ । बिज्ञप्तिमा क्रान्तिको प्रक्रियामा यसको बदला लिने प्रतिबद्धता पनि ब्यक्त गरिएको छ ।

विप्लव नेतृत्वको नेकपाले आन्दोलनका क्रममा असार ७ गते प्रचार प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, असार ९ गते मसाल जुलुस र असार १० गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू