अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

ट्रम्पद्वारा इरानमाथि आक्रमणको आदेश रद्द

बिआरटीनेपाल २०७६ असार ६ गते १:२६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ईरानमाथि जवाफी आक्रमण गर्न आदेश दिए र केही समयपछि उक्त आदेश फिर्ता लिएको खुलेको छ । ट्रम्पले जवाफी सैन्य कारबाहीका लागि अनुमति दिए पनि अधिकारीहरुसँग छलफल गरेर पछि फिर्ता लिएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार ह्वाइट हाउसका अधिकारीहरु जवाफी सैन्य कारबाहीको योजनामा थिए । तर पछि ट्रम्पले आफ्नो मन फेर्नुभएको हो । अमेरिकाको जासूसी ड्रोनलाई खसाइएपछि ईरान र अमेरीकाबीच तनाव झन बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू