अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

विश्वकपमा आज इङ्ल्यान्ड र श्रीलंका भिड्दै

बिआरटीनेपाल २०७६ असार ६ गते १:२० मा प्रकाशित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ । आजको खेलमा उपाधि दावेदार इङ्ल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । हेडीङलेमा हुने हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । तुलनात्मक रुपमा बलियो टोली इङ्ल्यान्ड पाँचांै जितको खोजीमा हुनेछ । यसअघिका ५ खेलमध्ये ४ खेलमा जित र १ मा हार व्यहोर्दै ५ अंक सहित इङ्ल्यान्ड अंक तालिकाको तेस्रो स्थानमा छ ।

श्रीलंकाले ५ खेलबाट ४ अंक जोडेको छ । श्रीलंकाले यसअघिका खेलहरुमा १ जित निकाल्दा २ हार र २ खेल बराबरी खेलेको थियो । दुई टिमबीचको पछिल्लो पाँच खेलमा इङ्ल्यान्डले ३ खेलमा जितेको थियो । एक खेल श्रीलंकाले जितेको छ भने एक खेल रद्द भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू