अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

ड्रोन खसालेर इरानले ठूलो गल्ती गर्यो – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ असार ६ गते ०:१६ मा प्रकाशित

इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेर निकै ठूलो गल्ती गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । तर मानवीय गल्तीका कारण पनि ड्रोन खसेको हुन सक्ने राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको छ । नियतबस खसालिएको हो भन्नेमा आफूलाई अझै पनि विश्वास नरहेको ट्रम्पले उल्लेख गर्नुभयो ।

ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेकाले खसालिएको इरानले बताएको छ । तर अमेरिकाले भने आफ्नो ड्रोनले हवाई सीमा उल्लंघन नगरेको दाबी गर्दै आएको छ । घटनाले अमेरिका र इरानबिचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ ।

इरानको दक्षिणी प्रान्त होर्मोग्गानको कुह्मोबाराक क्षेत्रमा इरानी सेनाले ड्रोनमा आक्रमण गरेको हो । अमेरिकाले मध्य पूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो ।

गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै अमेरिकाले थप सेना तैनाथ गरेको हो । इरानले भने आरोप अस्वीकार गर्दै आएको छ । इरानले अब युरेनियमको उत्पादन बढाउने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू