अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

भारतमा यात्रुवाहक बस दुर्घटना, ४४ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असार ५ गते २३:३२ मा प्रकाशित

भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा एउटा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन् । पहाडी क्षेत्रको सडकमा चालकले नियन्त्रण गुमाउँदा बस भीरबाट तल खसेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बस सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए । बसमा क्षमताभन्दा निकै बढी यात्रु सवार रहेका कारण दुर्घटना भएको बताइएको छ । उकालो र घुमाउरो बाटोमा ‘ओभर लोड’का कारण बस नियन्त्रण गुमाएर भीरबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्थानीय अधिकारीको भनाइ छ ।

यसैवीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी लगायतकाले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू