अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

क्रिकेटर सन्दीप लामिछाने र सोमपाल कामीले क्यानडा प्रिमियर लिगमा खेल्ने

बिआरटीनेपाल २०७६ असार ५ गते २३:०९ मा प्रकाशित

नेपालका दुई युवा खेलाडीले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् । लेग स्पिनर सन्दीप लामिछानेसँगै यसपटक सोमपाल कामीले पनि यो अवसर प्राप्त गरेका छन् । सन्दीपलाई टोरन्टो नेशनल टिमले ६० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ । सन्दीपले गतवर्ष पनि ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।

सोमपाललाई विनिपेग हक्सले न्युनतम तीन हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ । ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग आगामी जुलाई २५ देखि अगष्ट ११ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू