अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

मन्त्रिमण्डल पुनर्गठन हुन्छ – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ असार ५ गते ४:३८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुने बताउनुभएको छ । पोखरामा आज आयोजित पत्रकारसंगको साक्षात्कार कार्यक्रममा उहाँले बजेट पारित गरेपछि मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभयो ।

मौजुदा मन्त्रीमण्डलमा केही मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री केपी ओलीसँग छलफल भईरहेको प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि यो प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उहाँले चाहेको बेला मात्र पुनर्गठन हुने जानकारी दिनुभयो । आफू पनि पार्टी अध्यक्ष भएकाले बजेटपछि सरकारमा केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको उहाँको भनाई थियो ।

गुठीलगायतका केही विधेयकमा जनताको असन्तोष देखिएको भन्दै अध्यक्ष प्रचण्डले जनताको असन्तुष्टिलाई देखेर नै विधेयक फिर्ता लिइएको पनि स्पष्ट पार्नुभयो । विधेयकबारे सबैलाई समयमै बुझाउन नसक्नु र विधेयक निर्माणका क्रममा सरोकारबालासँग परामर्श नगरिनुको परिणाम अहिलेको अवस्था भएको पनि उहाको भनाई थियो । सबै गुठीलाई एकै ठाँउमा राखेर हेर्न नमिल्ने प्रचण्डले तर्क समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू