अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

त्रिविबाट फेल भएका विद्यार्थीलाई मोटो रकम लिएर पास गराउने २ जना पक्राउ

बिआरटीनेपाल २०७६ असार ५ गते ४:३३ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रक कार्यालय बल्खुले लिने परीक्षामा फेल भएका विद्यार्थीहरुलाई मोटो रकम लिएर पास गराउने गिरोह पक्राउ परेको छ। अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा फेल भएका र कम अंक ल्याएका विद्यार्थीलाई बढी अंक थपेर मोटो रकम लिने गिरोह मध्येका दुई जनालाई पक्राउ गरिएको हो।

अख्तियारले परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्मचार्यलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा एक जना विद्यार्थी अधिबक्ता सुरेन्द्र कोइरालाबाट स्नातकोत्तर तह अर्थशास्त्र विषयमा सबैभन्दा बढी अंक हालिदिन कर्माचार्य र कोइरालाबीच आर्थिक लेनदेनको जानकारी पाएपछि अख्तियारले उनीहरुको पिछा गरेको थियो। कर्माचार्य गए साता पक्राउ परेका थिए भने कोइराला बुधबार पक्राउ परेका हुन्।

प्रारम्भिक जानकारी अनुसार कोइरालाले यसअघि ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए। र, उनी अर्थशास्त्र विषयमा पाटन क्याम्पसमा स्नातकोत्तर तह अध्ययनरत थिए। उनलाई स्नाकोत्तर तहमा ‘गोल्ड मेडलिष्ट’ हुने रहर जागेको थियो। त्यही रहरलाई पूरा गर्न कोइराला विचौलियामार्फत परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखा प्रमुख कर्मचार्यसँग सम्पर्क भएको थियो। उनीहबीच मोटो रकमको डिल भएरपछि कर्माचार्य कोइरालाई पर्याप्त नम्बर थपेर ‘गोल्ड मेडलिष्ट’ बनाउन तयार भएका थिए। अन्ततः उनीहरु दुबै अख्तियारको फन्दामा परेका हुन।

अख्तियार प्रबक्ता प्रदीप कुमार कोइरालाले कर्माचार्य र कोइराला प्रक्राउ परेको जानकारी दिनुभएको छ । तर उहाँले विस्तृत अनुसन्धान भइरहेकाले विस्तृतमा जानकारी दिन नमिल्ने बताउनुभयो । अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विभिन्न विचौलिया मार्फत नम्बर सच्याएर पास गराउने गिरोह उपर गम्भीरताका साथ छानविन गरिरहेको छ। साथै कर्माचार्य र कोइराला यसै गिरोह मध्येका भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

यसैबीच त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पटेल वुधबार पक्राउ परेका छन्। विभिन्न कलेजको नविकरण गर्ने क्रममा घुस लिदा लिदै पटेल पक्राउ परेका हुन्। उनलाई अख्तियारको विशेष टोलीले ५० हजार रुपैयाँ घुस लिँदालिँदै बुधबार कीर्तिपुरस्थित ट्याङलाफाटबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू