अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

‘प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ’ – कांग्रेस नेता गच्छदार

बिआरटीनेपाल २०७६ असार ५ गते ४:३१ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छादारले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शिर्षकको खर्च कटौती प्रस्ताव राख्दै गच्छादारले संविधान विपरीत विधेयक ल्याएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

नेता गच्छदारले विधेयक ल्याएर चौतर्फी दबाब आएपछि फिर्ता लिनु बहादुरी नभएको जिकिर गर्दै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताउनुभएको हो । ‘सरकारले संविधान विपरित विधेयक ल्याएकाले विधेयक फिर्ता मात्र होइन । आवश्यक परे राजीनामा दिनुपर्छ ।’ः उहाको भनाई थियो ।

गच्छादारले प्रधानमन्त्री कति शक्तिशाली बन्नुपर्यो भन्दै प्रश्न समेत गर्नुभएको छ । प्रधानमन्त्री ज्यू तपाईं आफैं शक्तिशाली हुनुहुन्छ । यो भन्दा बढी शक्तिशाली किन हुनुपर्यो ? मालाफाइट उद्देश्यसहित विधेयक ल्याउँदै हुनुहुन्छ ।’ सम्बोधनको क्रममा उहाँले गच्छादार प्रधानमन्त्री कार्यालयको एक सय रुपैयाँ बजेट कटौती गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू