अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

१० दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

बिआरटीनेपाल २०७६ असार ५ गते ४:२८ मा प्रकाशित

नेपालमा करिव १० दिन ढिलो गरी यस बर्षको मनसुन प्रवेश गरेको छ । सामान्तया १० जुनमा नेपालमा मनसुन भित्रिने भए पनि १० दिन ढिलो गरी बिहीबार पूर्वी भागबाट मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारै बेलुकी महाशाखाले विशेष बुलेटिनमार्फत् मनसुन सुरु भएको औपचारिक जानकारी गराउँने बताईएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पूर्वी भागमा मनसुन प्रवेशपछि वर्षा सुरु भएको जानकारी दिनुभयो ।‘ताप्लेजुङ, झापा, ईलाम, तेह्रथुम हुँदै मोरङसम्मै मनसुनी गतिविधिस्वरुप वर्षा भएको र मुलुकका मध्य भागसम्मै मनसुनी गतिविधि देखिएको अर्यालले बताउनुभयो ।

वर्षभरीका अन्य समयमा पश्चिम वायु प्रभावकारी हुने भए पनि मनसुनका बखत् भने पूर्वी वायु सक्रिय हुन्छ । पूर्वी क्षेत्रबाटै मनसुन प्रवेश हुन्छ । महाशाखाले दिउँसो वरिष्ठ मौसमविद र मनसुनी गतिविधिबारे विस्तृत विश्लेषण गरी औपचारिक रुपमा मनसुन सुरु भएको घोषणा गर्ने तयारी गरेको छ ।

यो वर्ष नेपालमा पूर्वी भागमा औसत भन्दा कम वर्षा हुने आँकलन गरिएको छ । तर, मध्य र पश्चिम भागमा भने औशत वर्षा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू