अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध ब्याटिङ गर्दै अष्ट्रेलिया

बिआरटीनेपाल २०७६ असार ५ गते ४:२१ मा प्रकाशित

इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार बंगलादेश र अष्ट्रेलियाबीच खेल भइरहेको छ । यो समाचार तयार पार्दासम्म बंगलादेशविरुद्धको खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको छ ।

जारी विश्वकपमा पाँच खेलबाट ८ अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको तेस्रो स्थानमा छ। चार खेलमा जित हाँसिल गरेको अष्ट्रेलिया भारतसँगको खेलमा पराजित भएको थियो। अष्ट्रेलिया आजको खेलमा विजयी भए अंकतालिकाको शीर्ष स्थानमा उक्लने छ।

अष्ट्रेलिया ११ औँ एक दिवसीय विश्वकप क्रिकेटको विजेता टोली हो। उसले फाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै विश्वकपको उपाधी उचालेको थियो। यस्तै पाँच खेलबाट पाँच अंक जोडेको बंगलादेश अंकतालिकाको पाँचौ स्थानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू