अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१७ | Colorodo: 12:32

कपिलवस्तुमा जिल्लाका विभिन्न ठाउँमा आत्मरक्षा तालिम सञ्चालन

बिआरटीनेपाल २०७६ असार ४ गते १०:४२ मा प्रकाशित

देशै भरी बढ्दो रूपमा बलात्कार, अपहरण र कुटपिट जस्ता महिला हिंसाको अन्त्य गर्न माध्यमिक तहका विद्यार्थीहरूलाई बुद्धशक्ती कराँते डाेजाेका खेलाडीहरूद्वारा तालिम गराइ रहेका छन् तालिममा विद्यार्थीहरूलाई सरिरिक क्रियाकलाब र पिटी प्रेड सम्बन्धी तालिम पनि गराइएको थियो । १००० जना बढी महिलाहरूलाई तालीम गराइ सकेको बुद्ध शक्ति कराँते डाेजाेका प्रमुख प्रशिक्षक रामु सुनार (राजीव) ले बताएका छन् । तालीममा चाहिने सुरक्षाको सामाग्रीहरू नहुँदा रिक्ससंगै तालिम चलिरहेको रामु बताउँछन् । ३ पटक सम्म गिनिश बुक अफ विश्व रेकर्डमा नाम राख्न सफल हाल अमेरिकामा बसोबास गर्ने उज्ज्वल ठकुरीले पनि आर्थिक नैतिक रूपमा सहयोग गरेका थिए, साथै आगामी दिनको तालिमलाई झन् रोचक साथ अगाडी बनाउन उज्ज्वल ठकुरीद्वारा सहयोग पूर्ण रूपमा रहने र अगाडी बढ्न भनेका छन् । आगामी दिनहरूमा सरकारी निकायको साथ सहयोग रह्यो भने देशै भरी यो तालिम सञ्चालन हुने बुद्ध शक्ति कराँते डाेजोका सचिव सुरज थापाले जनाए । सुरज भन्छन् देशै भरी सम्पूर्ण स्कुलहरूमा मार्सल आर्ट तालीम गराउनु पर्ने बताए । 

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख नेत्र राज अधिकारी र विशिष्ट अतिथि बिन्दबाशिनि बाहिनी डी आइ जी चिरञ्जीवी अधिकारी, व्यापार सङ्घ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल र जिल्ला खेलकुद कार्यालय प्रमुख मीन प्रसाद पोख्रेल हुनुहुन्थ्यो कार्यक्रमलाई भव्य रूपमा सफल पार्न राष्ट्रिय माध्यमिक विद्यालयका उप प्रधानाध्यापक बलदेव लामिछाने प्रमुख भूमिका खेल्नु भएको थियो । उक्त कुराको सम्पूर्ण जानकारी रामु सुनार (राजीव) बाट प्राप्त भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू