अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

अमेरिकामा रहेका गैर कानुनी आप्रवासीहरुमाथि धरपकड गरिनेः राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ असार ४ गते ५:१६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशव्यापी रुपमा रहेका गैर कानूनी आप्रबासीहरु माथि धरपकड गरिने बताउनुभएको छ । सन् २०२० को राष्ट्रपतिय निर्वाचनको लागि आफ्नो चुनावी अभियानको पुर्वसन्ध्यामा एक ट्विट गर्दै उहाँले आगामी हप्तादेखि गैरकानुनी रुपमा अमेरिकाभर रहेका आप्रबासीहरुमाथि धरपकड गर्ने बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पको ट्विटरमा भनिएको छ , “अमेरिकामा गैर कानूनी तरिकाबाट बसोबास गर्दै आएका लाखौं आप्रबासीहरुलाई अर्को हप्तादेखि फर्काईने छ ।यु एस् इमिग्रेसन एजेन्ट मार्फत पक्राउ गरिने छ ” । “गैर कानूनी तरिकाबाट बसेका ती बिदेशीहरुलाई छिटो भन्दा छिटो यो देशबाट हटाइने छ” , ट्रम्पले उल्लेख गर्नुभएको छ ।

समाचार संस्था एसोसिएटेड प्रेसले जनाएअनुसार फिर्ता पठाउने तयारी गरिएका १० लाख भन्दा धेरै गैर कानूनी आप्रबासी भने संघिय अदालतले डिपोर्टेसन् अर्डर गरे पनि अमेरिका भित्रै बसिरहेकाहरु हुने छन् । हालसम्म आईसले सबैभन्दा धेरै सन् २०१२ मा ४ लाख ९ हजार ८ सय २४ जनालाई डिपोर्टे गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू